जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा सङ्क्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा प्रेसित गरेको अन्तरवार्ता उहाँले अहिले नेपालमा देशैभरी धेरै कोरोनाका केसहरु देखिन थालेको र बढी उमेरमा मानिसमा थप वृद्धि हुने सम्भावना रहेको उल्लेख गर्नुभयो । “केही महिना अघि विदेशबाट फर्किएकामा मात्र केस थियो । फर्किेनेहरुको सङ्ख्या घटेकाले केश पनि घटेको देखिएको थियो । तर, अहिले सङ्क्रमितको सङ्ख्या बढेको छ । यो सुरुआत मात्रै हो । केसहरु निकै नै बढनेवाला छ । परिस्थिति अझै नराम्रो हुनेवाला छ”, उहाँले भन्नुभयो ।
केसको सङ्ख्या बढिरहेको र सङ्क्रमणको जोखिम पनि बढिरहे पनि थौरै जनसङ्ख्यालाई मात्र सङ्क्रमण देखिने र अधिकांश व्यक्तिलाई मन्द लक्षण मात्र देखिनुका साथै घातक नहुने उहाँको भनाइ थियो । फरक प्रशङ्मा विश्व स्वास्थ्य सङ्गठनले कोरोना रोकथाम र नियन्त्रणमा नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताउँदै उहाँले सहकर्मीहरु सरकारी अधिकृतसँग हातमा हात मिलाएर काम गरिरहेको, कोरोनाको प्रतिकार्यका लागि तयारी, निगरानी र तथ्याङ्क सङ्कलन गर्न, प्रयोगशालाको क्षमता र गुणस्तरमा सहयोग गरिहेको जानकारी गराउनुभयो । साथै सङ्घीय सरकारलाई नीति निर्माणमा सहयोग गर्नुका साथै प्रादेशिक सरकारसँग पनि काम गरिरहेको उहाँले बताउनुभयो ।कोरोना नियन्त्रण र रोकथामका लागि नेपाललाई तीन तहका सरकाबीच समन्वय र सहकार्यको चुनौती रहेको बताउँदै डा भ्यानडिलिएरले कोरोना सङ्क्रमित र सम्पर्कमा रहेकोको कट्«याक्ट ट्रेसिङमा व्यक्तिको खोजी कार्य गर्न स्थानीय सरकारको महत्वपर्ण भूमिका हुने उदाहरण प्रस्तुत गर्नुभयो । साथै हाल राज्यको समग्र ध्यान कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित भएका बेला सुत्केरी, बालबालिका दीर्घरोगी र अन्य बिरामीका उपचारमा पनि आवश्यक व्यवस्थापन गर्न चुनौती रहेको उहाँको धारणा थियो । स्वास्थ्य सेवाको सहज सुलभ पहँुच र गुणस्तर सुधार्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले कोरोना रोकथाम र नियन्त्रणमा आममानिसको व्यहार परिवर्तन गर्न पनि चुनौती रहेको विचार व्यक्त गर्नुभयो । नेपालले धेरै प्रकारका प्रकोप देखेको र पुनः जीवन शुरु गर्न इच्छा शक्ति नेपालीमा रहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा स्यमंसेवीको सहयोग पनि लिन सक्नुपर्ने सुझाव दिनुभयो । कोरोना नियन्त्रणमा सरकारले नीजि स्वास्थ्य संस्थाको पनि सहयोग लिनुपर्ने र नीजि क्षेत्रले पनि आफ्नो स्रोता साधन र जनशक्ति परिचालन गरी सहयोग गर्नुपर्ने दायित्व पुरा गर्नुपर्ने उहाँको धारणा थियो । रासस
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

