जनस्वास्थ्य सरोकार, मनाङ । मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिनुभयो । स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिनुभयो ।
भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाअन्तरगत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा पनि कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको गिरीले बताउनुभयो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको जनाएको छ ।
“मनाङका स्वास्थ्य प्रमुख र शिक्षकमा कोरोना सङ्क्रमण देखिएको छ”, मेडिकल अधिकृत अधिकारीले भन्नुभयो । उहाँका अनुसार दुवै सङ्क्रमित गत साउन २० गते मनाङ प्रवेश गरेका हुन् । हालसम्म मनाङमा सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ भने एक जना निको भइसकेका छन् । यही भदौ ७ गते सङ्क्रमण पुष्टि भएका दुई शिक्षकको सम्पर्कमा आएका ११५ जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएकामध्ये आज दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।मनाङमा सङ्क्रमित भेटिएका सबै बाहिरी जिल्लाबाट आई यहाँ कार्यरत कर्मचारी हुन् । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र स्वाब सङ्कलनको कार्यसमेत भइरहेको प्रजिअ गिरीले जानकारी दिनुभयो । त्यस्तै सदरमुकाम रहेको चामे गाउँपालिकाले पनि गाउँपालिका र वडा कार्यालयबाट दिइने अत्यावश्यक बाहेका सेवाहरु यही भदौ १५ सम्मलाई स्थागित गरेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
