जनस्वास्थ्य सरोकार, काठमाडौँ । बेलायतमा वैज्ञानिकहरूले गरेको एक अध्ययनमा हजारौँ मानिसहरू अस्पतालबाटै कोरोना भाइरस संक्रमित भएका हुनसक्ने देखिएको छ । किङ्स कलेज लण्डनले यूकेका १० अस्पताल अनि इटलीको एक अस्पतालमा गरेको अध्ययनमा त्यहाँ उपचाररत प्रत्येक आठमध्ये एक बिरामीमा अस्पतालमै संक्रमण भएको बताइएको छ । अनुसन्धानकर्ताहरुकाअनुसार, यो अनुपात तुलनात्मक रूपमा कम नै हो र यसले अस्पतालहरूमा प्रभावकारी संक्रमण नियन्त्रणका उपाय अपनाइएको देखिन्छ।उनीहरूले एप्रिल २८ सम्म १५ सय संक्रमितहरूको आँकडा केलाएका थिए। त्यतिखेर यूकेमा संक्रमण उच्च तहमा पुगेको थियो ।
मुख्य अनुसन्धानकर्ता डा. बेन कार्टरकाअनुसार, 'यी अधिकांश बिरामी पहिले देखिनै अस्पतालमा थिए। उनीहरू वृद्धवृद्धा, कमजोर र अन्य रोग लागेकाहरू थिए।' तर उनीहरूको उपचार पनि अरूको तुलनामा बढ्ता सफल रह्यो । शायद उनीहरूको रोग पहिचान र उपचार चाँडै हुन सक्यो ।
अस्पतालमा भर्ना भएको १५ दिन वा त्योभन्दा धेरै दिनपश्चात् संक्रमित भएकाहरूलाई मात्र अस्पतालबाट संक्रमित भएको मानिएको छ । यदि अस्पतालमा भर्ना भएको ५ देखि १४ दिनको अवधिमा संक्रमित भएकालाई पनि स्वीकार्ने हो भने यो अनुपात २३ प्रतिशतमा उक्लन्छ । तर भाइरसको संक्रमणपश्चात् शरीरमा भाइरस सक्रिय हुने वा लक्षण देखापर्ने अवधि लामो हुने भएकाले अस्पतालबाटै संक्रमित भनेर यकिन गर्न असम्भव हुन्छ ।
अक्सफोर्ड विश्वविद्यालयका सघन उपचारसम्बन्धी विज्ञ प्राध्यापक डन्कन यङ्काअनुसार यस्तो अध्ययनले छोटो समयको अस्पताल बसाइमा संक्रमित भएकाहरू समेट्न नसकेको हुनसक्छ । साथै यो अध्ययनले ती बिरामीमात्र समेट्न सक्यो जो थला परेर अस्पतालमा उपचार लिन बाध्य भए ।
जबकि अधिकांश त्यस्ता मानिस जो अस्पतालमा संक्रमित भए तर जसलाई कुनै उल्लेखनीय असर देखिएन र घरमै विनाउपचार निको भए । यो अध्ययनले अस्पतालबाट संक्रमण फैलिने जोखिम तुलनात्मक कम नै रहेको देखाएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन
आइतबार, असार ७, २०८३
टिचिङमा असार १५ देखि स्वास्थ्य बिमा पुन सुचारु हुने
आइतबार, असार ७, २०८३
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
आइतबार, असार ७, २०८३ट्रेन्डिङ
