जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडाैँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएकाे छ । अघिल्लो पटक एक साताको लागि जारी भएको निषेधाज्ञा बुधबार राति १२ बजेपछि सकिँदैथियाे । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडाैँमा बसेको तीन जिल्ला काठमाडाैँ, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा एक साताको लागि थप्ने निर्णय गरेको हो । काठमाडाैँ, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर, स्वास्थ्य कार्यालयका प्रमुखहरूसँग छलफल गरेका थिए ।
बुधबार बिहानै काठमाडाैँ, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकबाट निषेधाज्ञा एक साता थप्ने निर्णय भएको हो । अब भदौ १७ गते रातको १२ बजेसम्म तीनैवटा जिल्लामा निषेधाज्ञा लागू हुनेछ ।उपत्यकामा सङ्क्रमणको दर बढेसँगै निषेधाज्ञासमेत भदौ १७ गतेसम्म बढाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । सोमबार उपत्यका नगरपालिका फोरमको बैठकले समेत भदौ १५ सम्म निषेधाज्ञा थप्न प्रमुख जिल्ला अधिकारीहरूलाई आह्वान गरेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

