नेपाल हेल्थ न्युज, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार ५२९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ६२९ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । ।देशभरमा गरी पछिल्लो २४ घण्टामा ५६९ जना निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या जम्मा २० हजार ७३ पुगेको छ ।देशभर हाल १५ हजार २७३ जना आइसोलेशनमा रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै देशभरका क्यारेन्टिनहरुमा हाल ९ हजार ४८८ जना रहेका छन् । प्रा. डा. गौतमका अनुसार कोरोनासंक्रमणका काराण थप ८ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ ।
काठमाडौं उपत्यकामा आज एकै दिन थपिए ३७७ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा आज थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना गरी जम्मा ३७७ जना संक्रमित थपिएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

