
रुसी समाचार संस्था तासका अनुसार भ्याक्सिनको पहिलो ब्याच अक्टोबरको अन्त या नोभेम्बरको शुरुमै आउनेछ । भ्याक्सिन अक्टोबरमा दर्ता हुनेछ । त्यसपछि तेस्रो चरणको परीक्षण शुरु गरिनेछ ।दर्ता भएलगत्तै पहिलो ब्याचको भ्याक्सिन उपलब्ध गराइनेछ । भ्याक्सिन दोस्रो चरणमा एक सय स्वयंसेवीमाथि परीक्षण भएको छ । उनीहरु २३ दिन अस्पताल बसेर फर्किएका छन् । सबैमा एन्डिबडी विकास भएको र छ जनामा मात्र साइडएफेक्ट देखिएको थियो । उनीहरुले पाखुरामा केही पीडा भएको बताएका थिए । यसअघि रुसको गेमिलियाले भ्याक्सिन दर्ता गरी उत्पादन शुरु गरिसकेको छ । यसै हप्ताबाट भ्याक्सिन लगाउन थालिने बताइएको छ । एजेन्सी




