नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाली सेनाको छाउनी अस्पतालमा कार्यरत चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण देखिएको छ । चिकित्सकसहित कार्यरत सैनिक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरेर निसंक्रमण गरी संचालनमा ल्याइएको छ ।
सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले बिहीबार नौजनामा संक्रमण देखिएपछि केही समय अस्पताल सिल गरेर निसंक्रमण गरी पुनः संचालनमा ल्याइएको बताए ।अहिलेसम्म देशभर सेनाका २३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ३ जेठ यता नेपाली सेनाका चार सय तीनजना संक्रमित भएको पौडेलले जानकारी दिए ।त्यसमध्ये एक सय १६ जना निको भइसकेको र दुई सय ८७ जनाको उपचार जारी छ । पौडेलले संक्रमित अवस्थामा रहेका सबैको स्वास्थ्य सामान्य रहेको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

