नेपाल हेल्थ न्युज, पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमित एकजना बिरामीको शुक्रबार मृत्यु भएको छ । पोखरा १६ लामाचौरका ५२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।
उक्त अस्पतालमा ती बिरामी शुक्रबारै भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल गएका थिए । क्षेत्रीय अस्पताल आउनुअघि उनी अर्कै निजी अस्पतालमा २ दिन उपचार गराएका थिए । निजी अस्पतालले रेफर गरेपछि क्षेत्रीय अस्पताल गएका हुन्।
ती बिरामीमा कोरोना पुष्टि शुक्रबारमात्रै भएको हो । क्षेत्रीय अस्पतालमा कोरोना संक्रमित मृत्यु भएकाको संख्या ६ पुगेको छ । पोखराका मात्रै ४ जनाको मृत्यु भइसकेको छ । यसअघि स्याङ्जाका २ जनाको पनि यहाँ मृत्यु भएको थियो । बिहीबार यही अस्पतालमा ३२ वर्षीया महिलाको पनि मृत्यु भएको थियो । पोखरामा अहिलेसम्म २८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १७४ जना निको भएका छन् । गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ३६ पुगेको छ। अन्नपुर्णपोष्टबाट
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

