नेपाल हेल्थ न्युज, काठमाडौँ । सरकारले कोरोना संक्रमितको संख्या बढेसंगै बेड संख्या पनि बढाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा देशभर ५ हजार २ सय २ बेड थपिएको बताउनुभयो ।
उहाँका अनुसार केन्द्रीय अस्पतालमा एक हजार बेड थप गरिएको छ । त्यस्तै प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ र अस्पताल नभएका ६४९ स्थानीयपालिकामा ५ शय्याको अस्पतालको दरले ३ हजार २ सय ४५ बेड थप भएको छ । बेडसँगै आवश्यक जनशक्ति पनि थप गरिएको डा. गौतमको भनाइ छ ।त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थप तीन अस्पताल कोभिड १९ अस्पतालमा सूचिकृत गरेको छ। वीरगन्जको नेसनल मेडिकेल कलेज टिचिङ अस्पतल, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताल कोभिड १९ अस्पतालमा सुचिकृत गरेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

