नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, ११ हजार ५ सय १६ जनामा गरिएको पिसिआर परीक्षमा ८ सय ८४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । यसमा २ सय ४२ जना महिला र ६ सय४२ जना पुरुष रहेका छन् । हालसम्म मुलुकमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।
यसैगरी २४ घण्टामा ३ सय १३ जना डिस्चार्ज भएका छन् । यो सँगै कोभिड जित्नेहरुको संख्या २० हजार ५ सय ५५ जना पुगेको छ । यो ५५ प्रतिशत भएको मन्त्रालयको भनाइ छ । हालसम्म कुलुकमा ६ लाख ६९ हजार ६ सय ३६ जना पुगेको छ । हाल क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन् ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

