नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टाको बीचमा १ सय ८६ जनामा कोभिड १९ पुष्टि भएको छ । यसमध्ये काडमाडौंमा १ सय ५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जनाका कोभिड १९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार, ११ हजार ५ सय १६ जनामा गरिएको पिसिआर परीक्षमा ८ सय ८४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । यसमा २ सय ४२ जना महिला र ६ सय४२ जना पुरुष रहेका छन् । हालसम्म मुलुकमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।
यसैगरी २४ घण्टामा ३ सय १३ जना डिस्चार्ज भएका छन् । यो सँगै कोभिड जित्नेहरुको संख्या २० हजार ५ सय ५५ जना पुगेको छ । यो ५५ प्रतिशत भएको मन्त्रालयको भनाइ छ । हालसम्म कुलुकमा ६ लाख ६९ हजार ६ सय ३६ जना पुगेको छ । हाल क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन् ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन
आइतबार, असार ७, २०८३
टिचिङमा असार १५ देखि स्वास्थ्य बिमा पुन सुचारु हुने
आइतबार, असार ७, २०८३
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
आइतबार, असार ७, २०८३ट्रेन्डिङ
