नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा कोभिड १९ बाट एकैदिन ३ महिलासहित १२ जनाको ज्यान गएको छ । यो सँगै मुलुकमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या २ सय ७ पुगेको पुगेको छ । यो संक्रमित हुनेहरुमध्ये मृत्यु ०.५५ प्रतिशत हो ।
काठमाडौं उपत्यकामा २४ घण्टाको बीचमा १ सय ८६ जनामा कोभिड १९ पुष्टि भएको छ । यसमध्ये काडमाडौंमा १ सय ५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जनाका कोभिड १९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार, ११ हजार ५ सय १६ जनामा गरिएको पिसिआर परीक्षमा ८ सय ८४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । यसमा २ सय ४२ जना महिला र ६ सय४२ जना पुरुष रहेका छन् । हालसम्म मुलुकमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।
यसैगरी २४ घण्टामा ३ सय १३ जना डिस्चार्ज भएका छन् । यो सँगै कोभिड जित्नेहरुको संख्या २० हजार ५ सय ५५ जना पुगेको छ । यो ५५ प्रतिशत भएको मन्त्रालयको भनाइ छ । हालसम्म कुलुकमा ६ लाख ६९ हजार ६ सय ३६ जना पुगेको छ । हाल क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन् ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
