नेपाल हेल्थ न्युज, वीरगंज । वीरगंजमा उपचारका क्रममा आइतवार बिहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति रौतहटका ४० वर्षका हुन् ।
नारायणी अस्पतालको अस्थायी कोभिड १९ अस्पताल गण्डक अस्पतालमा बिहान साढे ७ बजे रौतहट राजपुर, तुलसीका ४० वर्षीय संक्रमितको मृत्यु भएको नारायणी अस्पतालमा प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मधुमेह तथा कडा निमोनियाका ४० वर्षे संक्रमित उनमा भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई गण्डक अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भयो। यससँगै रौतहटका ५ जना संक्रमितको मृत्यु भएको छ। वीरगंजमा पर्सा, बारा, रौतहट र दुई भारतीय नागरिकको गरी कूल ५० जनाको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

