नेपाल हेल्थ न्युज, काठमाडौँ । उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहजताका लागि आजदेखि निःशुल्क बससेवा सुरु गरिएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (सान) को संयुक्त सहकार्यमा निःशुल्क बससेवा सञ्चालन गरिएको हो ।
सवारी साधनका कारण स्वास्थ्य प्रवाहमा बाधक नपुगोस् भन्ने उद्देश्यले निःशुल्क बससेवा सुरु गरिएको नेपाल नेशनल अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बस विहान ६:३० बजेदेखि ८:३० बजेसम्म र साँझ ५ बजेदेखि ७:३० बजेसम्म चल्नेछ ।बाँसबारीबाट सुरु हुने वस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म र अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ । बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

