नेपाल हेल्थ न्युज, चितवन । चितवनको चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५२ वर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो ।
उनी निमोनियाका बिरामी थिए । भदौ ४ गते अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण बढ्दै गएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको आइतबार मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
अस्पतालमा अहिले ५ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । चितवनमा मृत्यु हुने कोरोना संक्रमितको संख्या योसहित ११ पुगेको छ । जसमा चितवनका ५ जना, मकवानपुरका ३, गोरखा र कैलाली र बारा निजगढका एक/ एक जना छन्
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

