नेपाल हेल्थ न्युज, वीरगन्ज । वीरगन्जमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार थालिएको छ । नारायणी अस्पततालमा उपचाररत रहेका सर्लाहीको चकरघट्टा गाउँपालिका ३ सुन्दरपुरका ३५ वर्षीय पुरुषको आइतबा राती प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको उपचारमा संलग्न डा. उदयनाराण सिंहले जानकारी दिनुभयो ।
आइसीयूमा भर्ना रहेका ती पुरुषको प्लाज्मा थेरापीबाट उपचार थालिएसँगै उनको स्वास्थ्यमा सुधार पनि आइरहेको डाक्टर सिंहले बताउनुभयो । एक हप्तादेखि ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या भएपछि उनलाई गत शनिबार परिवारका सदस्यले वीरगन्जको नारायणी अस्पतालमा ल्याएर भर्ना गराएका थिए ।
आइतबार उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसीयुमा भर्ना गरिएका उनमा कोरोनाको गम्भीर किसिको लक्षण देखिएको र स्वास्थ्यमा सुधार पनि नभएपछि प्लाज्मा थेरापी विधिबाट उपचार थाल्ने निर्णयमा आफूहरु पुगेको डाक्टर सिंहको भनाई छ ।यसका लागि कोरोनामुक्त भइसकेका नारायणी अस्पतालकै एक पूर्व कर्मचारीले आफ्नो रगत दिएको र त्यही रगतबाट प्लाज्मा निकालेर संक्रमित पुरुषको शरीरमा चढाइएको जानकारी डाक्टर सिंहले बताउनुभयो ।
आइतबार राती १२ बजेतिर ती संक्रमित पुरुषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको भन्दै डा. सिंहले भन्नुभयो -'यो विधिबाट २ घण्टासम्म उपचार गरियो, त्यसपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ, यसले हामीलाई उत्साहित बनाएको छ। उनमा यो विधि सफल भए नभएको अन्तिम नतिजाका लागि भने २४ घण्टा कुर्नुपर्छ ।'प्रदेश नम्बर २ मा पहिलो पटक वीरगन्जमै प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार गर्न थालिएको उनले बताए । यसअघि काठमाडौं उपत्यकाबाहेक प्रदेश १ को धरान र प्रदेश ५ का बुटवलमा प्लाज्मा थेरापी विधिबाट संक्रमतिको उपचार गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन
आइतबार, असार ७, २०८३
टिचिङमा असार १५ देखि स्वास्थ्य बिमा पुन सुचारु हुने
आइतबार, असार ७, २०८३
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
आइतबार, असार ७, २०८३ट्रेन्डिङ
