नेपाल हेल्थ न्युज , काठमाडौँ । कोरोनाबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको निधन भएको छ । भदौ १२ गते महोत्तरीको मनरा सिसवा—४ का सहनी थर भएका ४० वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको प्रदेश २ का कोभिड फोकल पर्सन विजयकुमार झाले जानकारी दिए । उनले भने, ‘उहाँ एक निजी स्वास्थ्य संस्थामा प्राक्टिस गर्नुहुन्थ्यो ।’
महोत्तरीकै निजी स्वास्थ्य संस्थामा काम गरिरहेका उनी भदौ ७ गते बिरामी भएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई काठमाडौं ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको हो । मृत्यु भएपछि ललितपुरस्थित बयोधा हस्पिटलमा ल्याई स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । यद्यपी स्वास्थ्य मन्त्रालयले यसबारे आधिकारिक जानकारी दिएको छैन ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

