नेपाल हेल्थ न्युज, सिरहा । सिरहामा कोरोना संक्रमणबाट थप एकजना पुरुषको मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मिर्चैया नगरपालिका–६ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
भदौ १० मा उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा सोमबार राति करिब साढे ९ बजे ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।भदौ ९ गते संक्रमण पुष्टि भएका उनलाई स्वाशप्रस्वाशमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनी उच्च रक्तचाप र मधुमेहका विरामी थिए । यो सहित सिरहामा करोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

