नेपाल हेल्थ न्युज, काठमाडौँ । सेती प्रादेशिक अस्पतालमा पनि प्लाज्मा थेरापी विधिबाट कोरोनाभाइरस संक्रमितको उपचार हुने
भएको छ ।
अस्पतालमा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले तय गरेको मापदण्ड अनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धनात्मक उपचार सुरु गरिने अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।
संक्रमित भएर निको भएका व्यक्तिको शरीरमा बनेको एन्टिबडी संक्रमित व्यक्तिलाई दिँदा निको हुने संभावना धेरै हुने चिकित्सकहरुलको भनाई छ । संक्रमणमुक्त भएर घर फर्किएकालाई रक्तदान गर्न अस्पतालले आग्रह समेत गरेको छ।
उनीहरुले बनाएको रगतबाटै प्लाज्मा बनाइने अस्पतालबाट जारी विज्ञप्तिमा उल्लेख छ। यसरी रक्तदान गर्ने व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएको दुई हप्ता पुगेको हुनुपर्छ। साथै पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने अस्पतालले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

