नेपाल हेल्थ न्युज, काठमाडौँ । भारतमा कोरोनाको संक्रमण झनै बढ्दै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ६९ हजार ९२१ जना नयाँ संक्रमित थपिएका छन भने ८१९ जनाको मृत्यु भएको छ ।
योसँगै कुल संक्रमित ३६ लाख ९१ हजार १६७ पुगेको छ । हाल सम्म मृत्यु हुनेको संख्या ६५ हजार २८८ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।
भारतमा अहिलेसम्म २८ लाख ३९ हजार ८८३ जना ठिक भएका छन् । त्यस्तै ७ लाख ८५ हजार ९९६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ४ करोड ३३ लाख २४ हजार ८३४ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख १६ हजार ९२० नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

