नेपाल हेल्थ न्युज, काठमाडौँ । गण्डकी प्रदेशमा नेपाल प्रहरीका २० जनासहित थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीक्षणमा गण्डकी प्रदेशका ३५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
निर्देशक शर्माका अनुसार संक्रमितहरुमा कास्कीका २३, नवलपरासी (सुस्तापूर्व)का ७, लमजुङका ४ र तनहुँका १ जना रहेका छन्। निर्देशक शर्माको भनाइ अनुसार तनहुँ शुक्लागण्डकी–१ कि संक्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्यान्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेकी छन् भने पोखरा महानगरपालिका–१७ का २० जना नेपाल प्रहरीमा कार्यरत छन्।
त्यस्तै लमजुङ, सुन्दरबजारका–२ का ५० वर्षीय पुरुष ओमानबाट आएका हुन भने सुन्दरबजार–९ कि ४९ वर्षीया महिला स्थानीय किराना पसल सञ्चालक हुन्। सबै संक्रमित व्यक्तिहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

