नेपाल हेल्थ न्युज, भैरहवा। भैरहवाको भीम अस्पतालमा एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलका अनुसार सघन उपचार कक्षमा उपचाररत ६५ वर्षीया महिलाको मङ्गलबार राति ९ः४५ बजे मृत्यु भएको हो ।
नवलपरासी पश्चिम, रामग्राम–५ की ती महिलालाई मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएको थियो ।
खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकोमा त्यहाँ आईसीयू बेड खाली नभएपछि १५ गते भीम अस्पतालमा रिफर गरिएको थियो । श्वासप्रश्वासमा समस्या आएर उहाँको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुमित प्रजापतिले बताउनुभयो ।
भीम अस्पतालमा अहिले चार जना आईसीयूमा र १७ जना आइसोलेसनमा गरी २१ सङ्क्रमित उपचाररत रहेको फोकल पर्सन डा. प्रजापतिले बताउनुभयो । यसअघि उक्त अस्पतालमा गैडहवा–३ का ५० वर्षीय कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
६

