महामारीका शुरुका दिनहरुमा देशमा विद्यमान अन्यौल तथा भयको वातावरणलाई चिर्दै कोभिड—१९ उपचारमा ह्याम्सले जोखिम मोलेर उपचार शुरु गर्यो । भेन्टिलेटरमा राखेर कोभिड—१९ को सफल उपचार गर्ने पहिलो हस्पिटलका रुपमा आफूलाई स्थापित पनि गरायो । तर अहिले शुल्कको विषयलाई लिएर निजी अस्पतालहरु र सरकारबीच दूरी बढेकोे छ । अहिलेको अवस्थामा निजी अस्पताल किन महँगा भए र यसका मुख्य कारण आम जनचासोको विषय बनेको छ । यसै सेरोफेरोमा रहेर ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्मासँगको अन्तर्वार्ता यस अंकमा प्रस्तुत गरेका छौं ।
कोभिड र ननकोभिड उपचारमा सफलताको ह्याम्स अस्पतालको राज के हो ?
ह्याम्स नितान्त इमान्दार हस्पिटल हो । कर्मचारीहरुको काम मात्र होइन, हस्पिटलको नीति नै इमान्दारितामा आधारित छ । साथै आफ्नो उत्तदायित्वप्रति पनि हामी त्यतिकै सजग छौं । अस्पताल सञ्चालनका लागि टिम, आत्मविश्वास तथा सहकार्यको जरुरत पर्छ । हामी कोभिड—१९ उपचारका लागि पूर्व तयारी अवस्थामा थियौं । करिब ७ महिनाअघिबाट नै मुलुकमा कोभिडको भयावह अवस्था आउने कुरा देखेका थियौं ।
त्यसैले पूर्व तयारीका साथ उपचार प्रोटोकलहरु बनाउन शुरु गर्यौं । उपचारमा संलग्न चिकित्सक, नर्स, प्यारामेडिक्स, अस्पताल प्रशासकबीच समन्वय र सहकार्य गरेर तयारी अवस्थामा रहेका कारण काम गर्न सजिलो भयो ।हामीलाई विश्वास गरेर यस अस्पतालमा उपचार गर्ने सोच बनाएका कोभिड बिरामीहरुको उपचार गर्नु हाम्रो धर्म हो । अस्पतालमा कार्यरत सबै चिकित्सक, नर्स, प्यारामेडिक्सलगायत सबै कर्मचारीहरुले भय र त्रासबाट मुक्त भएर कोभिड उपचार गर्ने एक्यवद्धता जनाउनुभयो । नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको गाइडलाइन फलो गर्दै हस्पिटलको प्रकृति, मानव श्रोत र संरचनाको आधारमा उपचारको आफ्नै प्रोटोकल बनायौं । हस्पिटलको ३ वटा लिफ्टमध्ये पछाडिको एउटा लिफ्ट कोभिडका बिरामीका लागि मात्र छुट्याइएको छ । मुख्य प्रवेशद्धारबाट कोभिडको बिरामी आउन पाइँदैन । त्यसैले कोभिड र नन कोभिड बिरामीहरुलाई सुरक्षित र गुणस्तरीय उपचार सेवा दिन सफल भएका छौं । महामारीमा सुरक्षित तरिकाले कसरी उपचार सेवा दिन सकिन्छ ? सुरक्षाका सम्पूर्ण विधि अपनाएर उपचार गर्दा कुनै फरक पर्दैन । कोभिड उपचारमा संलग्न हरेक स्वास्थ्यकर्मीले सावधानी अपनाउनुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा हाइएष्ट लेवल अफ प्रिकसन र युनिर्भल प्रिकसन) नै हो । अस्पताल आउने हरेक बिरामीलाई कोभिड बिरामी सम्झेर उपचार गरेमा सावधानीको लेवल उच्च हुन्छ र स्वास्थ्यकर्मीलाई सर्न सक्दैन । साथै एकबाट अर्को बिरामीमा पनि फैलन पाउँदैन ।
नेपाल लगायत संसारको तथ्याङ्कले कोभिड आईसियूमा काम गरेका स्वास्थ्यकर्मीको तुलनामा नन कोभिड वार्डमा काम गर्ने स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण धेरै देखाएको छ । यो लेबल अफ प्रिकसन कमजोर भएकाले नै हो । हाम्रो हस्पिटलमा कोभिड बिरामी उपचार गर्ने स्वास्थ्यकर्मी बिरलै संक्रमित भएका छन् ।सफल उपचारका आधारहरु के के हुनसक्छन् ? मानवश्रोत पहिलो कुरा काम गर्ने डाक्टर नर्सलगायतका स्वास्थ्यकर्मीहरुमा आत्मविश्वास देखिनुपर्छ । उनीहरुको कन्फिडेन्सका कारण आज अस्पतालले कोभिड उपचारमा सफलता पाएको छ । त्यसैले स्वास्थ्यकर्मीहरु धन्यवादका पात्र हुनुहुन्छ ।
उहाँहरुको अठोट, उपचार गर्ने प्रतिवद्धता र कन्फिडेन्सले गर्दा कोभिडका बिरामी उपचार गर्न सजिलो हुन्छ ।संरचना अस्पतालमा सबैभन्दा उच्चस्तरीय आईसियूको व्यवस्था हुनुपर्छ । हाम्रो हस्पिटलमा १८ वटा क्युविकल आईसियू रहेका छन् । प्रत्येक आईसियूमा हावा सर्कुलेट हुने एसी फरक छ । प्रत्येक आईसियूमा भिन्नाभिन्नै सर्कुलेटिङ एअर सिस्टम भएकाले अन्य क्युविकल बिरामी र स्वास्थ्यकर्मी कसैलाई पनि असर गर्दैन । अस्पतालमा निगेटिभ एअर प्रेसर आईसियूको पनि व्यवस्था छ । नेगेटिभ एअर प्रेसरले सबै हावा बाहिर फाल्ने भएकाले कोभिड फैलन पाउँदैन । संसारमा कोभिड देखिन अघि पनि क्षयरोगलगायत छुट्टै राखेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई यस अस्पतालमा आइसोलेसनमा उपचार गरिन्थ्यो । अस्पताल प्रवेशद्धार, निस्कने द्धार, छुट्टाछुट्टै लिफ्ट, व्यवस्थित आईसियू आदिका कारण उपचारमा कन्फिडेन्स लेवल उच्च हुन्छ । महामारीका शुरुका दिनमा कोभिड लेवल वनको हस्पिटल भएकाले उपचार गर्न नपाउने सरकारी तवरबाट आशय व्यक्त भएको थियो । त्यसपछि हामीले उपचार गर्न पनि छोड्यौं । अहिले बिरामी संख्या अत्यधिक बढेकाले दायित्वबाट पर हट्न सकेनौं र समय सापेक्ष प्रोटोकल परिवर्तन गरेर उपचार शुरु गर्यौं । सरकारको २० प्रतिशत वेड कोभिडका बिरामीहरुलाई अनिवार्य छुट्याउनुपर्ने प्रावधानअनुरुप सेवा दिइरहेका छौं । आजको विकराल दिन आउन सक्ने सम्भावना दखेरै उपचार शुरु गरेको भएता पनि हामीले कोभिडका बिरामीको उपचार गर्दा प्रश्न उठाइयो । एउटाबाट अर्कोमा कोभिड सरेमा त्यसको जिम्मेवारी लिनुपर्ने भन्ने सम्मका कुरा आएको थियो ।
सरकारले निजी अस्पतालहरुको योगदानको मूल्यांकन गर्नुपर्छ । अहिलेको समय सबैजना हातमालो गरेर महामारीबाट निस्कनुपर्ने बेला हो ।ह्याम्समा उपचार सेवा महँगो भएको गुनासो प्रति के भन्नुहुन्छ ? क्यानाडा, अष्ट्रेलिया, युरोपियन जस्ता सोसलिष्ट देशहरुमा निःशुल्क उपचार हुन्छ । तर त्यसमा कसै न कसैले पैसा तिर्नुपर्छ । अमेरिकामा इन्योरेन्स कम्पनिले पैसा तिर्छ भने युरोपमा सरकारले उपचार खर्च व्यहोर्छ । नेपालजस्तो मुलुकमा बिरामी आफैँले तिर्नुपर्छ । कोभिड आइसकेपछि सरकारले सबै पैसा आफैं तिर्ने भन्यो । त्यो सम्भव छ जस्तो पनि लाग्दैन । ‘पैसा तिर्न सक्नेलाई उपचार गर्न दिए हुन्छ’ भन्ने मेरो भनाइ हो । संसारभर नै सेवाको स्तर अनुरुपको शुल्क तोकिएको हुन्छ । यदि तपाईंले नेपाल वायु सेवा निगमका पाइलट, एअर होस्टेजलगायतका क्रु मेम्बर्सहरुलाई उपचार गरेको कुरा सोध्न चाहनुभएको हो भने त्यसमा उहाँहरुले झेली गर्नुभएको हो । साथै उहाँहरुले आफूले गरेको कमिटमेन्ट (प्रतिवद्धता) बाट पछि हटेको भन्ने जानकारी गराउन चाहन्छु । शुरुमा उहाँहरु शसस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहनुभएको थियो । उहाँहरु ४—५ वटा निजी अस्पतालहरुमा धाइसकेर कुनै पनि निजी अस्पतालले भर्ना लिन नचाहेपछि हामीकहाँ गुहार्न आउनुभएको थियो । त्यो बेला हामीले उपचार गर्न चाहेका थिएनौं । तर उहाँहरुले ह्याम्स अस्पतालमा उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चिठी लिएर आएकाले उपचार गर्न बाद्य भयौं । हामीले बोलाएर उपचार गरेका होइनौं । उहाँहरुले मन्त्रालयलाई चिठी लेखाएर ससस्त्र प्रहरी अस्पतालबाट हामीकहाँ सार्न लगाउनुभएको थियो । शसस्त्र प्रहरी अस्पतालमा जनरल वार्डमा बस्नुपर्ने भएकाले खाना राम्रो नभएको, डाक्टरले केयर नगरेको आरोप लगाउनुभएको थियो । यसबारेको समाचार पत्रिकामा पनि छापिएको छ ।
नचाँहिदा कुरा छपाएर उहाँले शसस्त्र प्रहरी अस्पतजस्तो उत्कृष्ट सेवा प्रदान गरिरहेको अस्पतालको बदनामी गर्नुभयो ।उहाँहरु ह्याम्स हस्पिटलमा सेवा सुविधाका लागि आउनुभएको हो । तत्काल सार्न दवाव दिएर राति साढे एक बजे ह्याम्समा भर्ना गर्न बाद्य भएका थियौं । अस्पताल प्रशासनले शुरुमै शुःल्क दर बारे जानकारी गराएको थियो । अस्पताल बसेको तेस्रो दिनमा उहाँहरुले महँगोको आरोप लगाउनुभयो । सेवा सुविधा हाइक्लासको लिने, अनि महँगो भनेर हुन्छ ? क्रु मेम्बर्सहरुलाई सार्ने बेलामा उहाँहरुले हामीलाई कमिट्मेन्ट लेटर दिनुभएको थियो । यदि हामीले पनि बद्मासी नै गर्नुथियो भने त कमिट्मेन्ट लेटर पत्रिकामा पनि छपाउन सक्दथ्यौं होला नि । पैसा तिर्ने कमिट्मेन्ट लेटर (प्रतिवद्धता चिठी) दिएर पनि अस्पताललाई बदनामी गर्नतिर अग्रसर हुनु राम्रो नियत होइन । दुईदिनभित्र भुक्तानी दिने कुरा भएपनि अहिलेसम्म हामीले शुल्क भुक्तानी पाएका छैनौं । उहाँहरुले तिर्ने पैसा खुलाएको कमिट्मेन्ट लेटर हामीसँग सुरक्षित छ । यहाँ आएर उपचार गराउने प्रत्येक क्रु मेम्वर्स हामीसँग खुशी भएर धन्यवाद् दिएर जानुभएको छ । अनि पैसा तिर्ने बेलामा किचकिच गर्न पाइन्छ ? सुविधा विजनेश क्लासको खोज्ने अनि खर्च इकोनोमिक क्लासको तिर्छु भनेर पाइँदैन ।
निजी अस्पतालहरुले आफूखुशी शुल्क असुल्छन् भन्ने आरोपबारे यहाँको के भनाइ छ ?
कोभिडको उपचारमा राज्यले तोकेको मूल्य अवैज्ञानिक छ । त्यो मूल्य उपचार गरिदिएवापत् भर्पाई लिन बनाइएको मूल्य हो । हामीले निजी अस्पतालहरुको छाता संगठन अफिनसँग सहकार्य गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कुरा गर्दा इच्छा र चाहना भएका सक्षम व्यक्तिबाट शुल्क लिएर उपचार गर्नसक्ने मौखिक जानकारी पाएका थियौं ।
सरकारले तोकेको मूल्यमा अस्पतालको सुविधासम्पन्न क्याविनमा राखेर उपचार गर्न सकिँदैन । निजी अस्पतालहरुले अचाक्ली पैसा कमाउन आफूखुशी शुल्क राखेका हुँदैनन् । अहिलेको कोभिड महामारीमा अस्पतालको इन्फेक्सन रोकथाम, अतिरिक्त खर्च, डाक्टर नर्सको जोखिम खर्च त्यसमा समावेश गरिएको हुन्छ । यसमा हामीले रिक्स म्यानेज्मेन्टको कष्ट मात्र जोडेका हुन्छौं । संसारको जुनसुकै ठाउँमा पनि जोखिमपूर्ण काम गर्न ‘रिक्स म्यानेज्मेन्ट कष्ट’ लिने गरिन्छ । उपचारका लागि पिपिईलगायतका सुरक्षा सामाग्री खरीदमा खर्च गर्नुपर्छ । उपचारमा संलग्न हरेक स्वास्थ्यकर्मीको सुरक्षा हाम्रो दायित्व र जिम्मेवारी हो । उपचारमा संलग्न सम्पूर्ण कर्मचारीको कोरोना इन्स्योरेन्स गर्नुपर्छ । बेलाबेलामा स्वास्थ्यकर्मीहरुको पिसिआर गर्दा खर्च हुन्छ । हामी उपचारमा संलग्न हरेक स्वास्थ्यकर्मीको निःशुल्क उपचार गर्दछौं ।
अहिले बिरामीले उपचार गर्न पाउने ठाउँको अभाव छ । आईसियूमा वेड छैन । हाम्रो १८ वटा आईसियू वेड पूरै कोभिडका बिरामीले भरिएका छन् । बिरामी भर्ना गर्ने ठाउँको अभाव छ । हामी लुट्न नभएर विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बसेका छौं ।हामीले लिएको शुल्क वैज्ञानिक तवरले निर्धारण गरिएको छ । सरकारले प्रतिदिन हल्का कोभिड बिरामीका लागि ३ हजार ५ सय, मध्यम खालको बिरामीलाई ७ हजार ५ सय र गम्भीर बिरामीलाई १५ हजार रुपियाँ दिने नीति अबलम्बन गरेको छ । अहिले सरकारले दिएको दरमा सरकारी अस्पतालमा पनि कोभिड बिरामीको उपचार हुन सक्दैन । सरकारले दिएको दरमा स्वास्थ्यकर्मीको जोखिम भत्ता, पिपिई, खाना, उपचार, अस्पताल शुल्क सबै त्यसैमा समावेश छ । आईसियूको भेन्टिलेटरमा गएको बिरामीको सरकारी अस्पतालमा पनि प्रतिदिन ३० देखि ४० हजार रुपियाँ खर्च लाग्नसक्छ । भेन्टिलेटरमा पुगेको बिरामीमा प्रयोग गर्ने औषधि नै महँगो छ । औषधि मात्र दैनिक २० देखि २५ हजारको हाराहारीमा आउनसक्छ । त्यसैले राज्यले कोभिड बिरामीको उपचारका लागि दिएको अनुदान अवैज्ञानिक छ । राज्यले दिएको शुल्कमा ‘ह्याम्समा कोभिड उपचार गर्छु’ भन्दा पाउने कि नपाउने ? अनफर्चुनेट्ली आजको दिनमा पाइँदैन । तर ामीले उपचार गर्ने प्रत्येक बिरामी र उहाँका आफन्तलाई उपचार पद्धति तथा उपचार खर्चको बारेमा विस्तृत जानकारी गराएपश्चात् उहाँहरुको उपचार खर्च समेतको मञ्जुरीनामा लिएर मात्र उपचार गर्दछौं । सिटामोल नखाएपनि कोभिड बिरामीबाट अस्पतालले ९ दिनमा ९ लाख रुपियाँ असुल्यो भन्ने सुन्नमा आएको आरोप के हो ? यो झुट कुरा हो । यहाँ जसलाई जे भन्दिएपनि भाको छ । जसले जे लेखिदिए पनि भाको छ । पहिलो कुरा ९ दिनमा सिटामोल पनि नखाईकन ९ लाख रुपियाँ आउँदै आउँदैन । यो हुँदैनहुन र मनगणन्ते कुरा हो । जसले त्यसो भन्छ, उनीसँग ९ लाखको बील पनि त होला नि । त्यो बील एकपटक हेर्न पाए हुन्थ्यो । अस्पतालसँग कुनै गुनासो भएमा अस्पताल प्रशासनसँग कुरा गर्दा भइहाल्थ्यो । उहाँले त्यहि बेलामा कम्प्लेन गर्न सक्नुहुन्थ्यो । आफूलाई चित्त बुझेको थिएन भने किन पैसा तिरेको ?
यो कानुनी राज्य हो । हामीले बद्मासी गरेमा कानुनी प्रक्रियामा जान पनि सकिन्छ । त्यसैले हुँदै नभएको झुटा आरोप लगाउन पाइँदैन । प्रमाणित गरेर देखाउन सक्नुपर्छ । अन्यथा यो माल इन्टेन्सन हो ।मैलै अन्तर्वार्ताको शुरुमै भनेको छु हामी इमान्दारिता र धर्ममा टेकेर सेवा दिने संस्था हौं । यस्ता अनेकन मित्थ्या आरोपले हामी डगमगाउँदैनौं । हाम्रो जग बलियो छ । हामी आफ्नो पेशा तथा धर्मप्रति अडिग छौ र सँधै रहनेछौं ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
अन्तर्वार्ता
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
कम्मर दुखाइलाई कम गर्ने सजिलो उपाय — सीटेड साल्सा
शुक्रबार, मंसिर १२, २०८२ट्रेन्डिङ
