[caption id="attachment_30700" align="alignleft" width="1107"]
पूर्वस्वास्थ्य सचिव एवं प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सुधा शर्मा[/caption]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभरि झण्डै ३० हजार सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । सरकारले गत असारमा कोभिड १९ सम्बन्धि स्वास्थ्य निर्देशिका जारी गर्दा संक्रमण पुष्टि भएका तर लक्षण र चिन्ह नभएका व्यक्तिलाई घरमै एकान्तवासमा बस्ने व्यवस्था गरेको थियो ।
संक्रमितको संख्या बढ्ने क्रममा होम आइसोलेसन बसेका कैयौँ संक्रमितको राम्रो रेखदेख तथा उपचार अभावका कारणले पनि निधन भएको बताइएको छ । सुरक्षित होम आइसोलेशन र अपनाउनुपर्ने साबधानीबारे स्वास्थ्य मन्त्रालयकी पूर्वस्वास्थ्य सचिव एवं प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर सुधा शर्माको भनाई उहाँकै शव्दमा:
भरसक कोरोना संक्रमित बस्ने छुट्टै कोठा हुनुपर्छ । साथै शौचालय पनि छुट्टै हुनुपर्छ । हाम्रो परिप्रेक्षमा यो सम्भव नहुनसक्छ । त्यसकारण एउटै कोठा भएतापनि हामीले कम्तिमा ६ फिटको दुरी कायम पर्दछ । । झ्याल ढोका सधैँ खुल्ला राख्नुपर्दछ ।
कोरोना संक्रमितको संख्या हेर्दा होम आइसोलेशनमा नराखी यसलाई व्यवस्थापन गर्न असम्भव जस्तै छ । यतिबेला होम आइसोलेशन र सरकारले तोकेको आइसोलेशन केन्द्रमा सरकारी निकायको अनुगमन न्युन छ । होम आइसोलेशनमा बसिरहेका व्यक्तिले के गर्ने ? के नगर्ने ? भन्ने बारे उनीहरुलाई सामान्य ज्ञान समेत छैन । सरकारी निकायले यस्ता कुरामा थप चासो दिनुपर्ने देखिन्छ ।
साथै होम आइसोलेशनमा बस्ने व्यक्तिको उपचार पाउने प्रक्रिया र घरमा भएका अन्य सदस्यलाई संक्रमण हुनबाट जोगाउने प्रक्रियामा थप बल पुर्याउनुपर्ने देखिन्छ । यसकालागि सरकारले सुचना, प्रचारप्रसार र जानकारीमुलक कार्यक्रमहरु सञ्चालनमा ल्याउनुपर्दछ । साथै स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी बढाउनुपर्दछ ।
होम आइसोलेशनमा कसरी बस्ने ?
होम आइसोलेशनमा बस्दा संक्रमित व्यक्ति र परिवारका सदस्यहरुको बिचमा दुरी कायम हुनुपर्छ । संक्रमित व्यक्तिका लागि एउटा छुट्टै कोठा र शौचालय हुनुपर्छ । यदि यो अवस्था नभएको खण्डमा कम्तिमा ६ फिटको दुरी कायम गरेर बस्नुपर्ने हुन्छ । मास्क अनिवार्य लगाउनुपर्दछ । शौचालयको प्रयोग गरेपछि त्यसलाई स्यानिटाइज गर्नुपर्छ । संक्रमितले छोएका ठाउँ, धारा राम्रोसँग सफा गर्नुपर्दछ ।
परिवारको भुमिका
परिवारका सदस्यले होम आइसोलेशनमा बस्ने ब्यक्तिको आत्मबल बढाउनुपर्दछ । बेलाबेलामा फोन, भाइबर र म्यासेन्जरमार्फत कुराकानी गरिराख्नुपर्दछ । साथै उसको खानपानमा विशेष हेरविचार गर्नुपर्दछ । पोषणयुक्त खानेकुरा बनाएर खुवाउनुपर्दछ । चिल्लो गुलियोपदार्थ भन्दा प्रोटिनयुक्त गेडागुडी, हरियो सागसब्जी र फलफुल खुवाउनुपर्दछ । दिनको ३ पटक खाना र खाजा उसको कोठाको ढोकासम्म पुर्याइदिनुपर्दछ ।
नि–संक्रमण विधि
यदि संक्रमित बस्ने कोठा भित्रै बाथरुम भएको खण्डमा उसले खाएको भाँडा आफैले माझ्न पनि सक्छ । यदि बाथरुम नभए संक्रमितले खाएको भाँडा सफा गर्ने व्यक्तिले हातमा पञ्जा र मास्क लगाउनुपर्दछ । भाँडा सफा गरिसकेपछि त्यसलाई केहि समय तातोपानीमा राख्नुपर्दछ । तातोपनीबाट निकालेर घाममा सुकाइदियो भने अन्य व्यक्तिमा सर्न पाउँदैन । भाँडा माझ्दा प्रयोग भएका पञ्जा र मास्कलाई जथाभावी फाल्नु भने हुँदैन । यसलाई सुरक्षित तरिकाले फाल्नुपर्छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२ट्रेन्डिङ