नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व क्षयरोग दिवसका अवसरमा नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले क्षयरोग नियन्त्रण अभियानमा खुद्रा औषधि व्यवसायीलाई औपचारिक रूपमा राष्ट्रिय साझेदार बनाउन आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठन का अनुसार क्षयरोग अझै विश्वकै प्रमुख संक्रामक रोगमध्ये एक हो भने नेपालमा पनि यसको चुनौती कायम छ । विशेषगरी औषधि प्रतिरोधी क्षयरोग डिआर टिबी बढ्दो चिन्ताको विषय बनेको छ ।
संघले बिरामीको पहिलो सम्पर्क गर्ने स्थलका रूपमा औषधि पसल रहने भएकाले क्षयरोगको प्रारम्भिक पहिचान, परीक्षणका लागि रेफरल र उपचारमा सहयोग गर्न फार्मेसीहरूलाई ‘फस्ट प्वाइन्ट अफ कन्ट्याक्ट’ का रूपमा समेट्नुपर्ने जनाएको छ ।
संघले जापान नेपाल हेल्थ एण्ड ट्युवरकुलोसिस रिसर्च एसोसिएसन (जन्त्र) सँगको सहकार्यमा समुदायस्तरमा क्षयरोग पहिचान र रेफरलमा काम गर्दै आएको पनि जनाएको छ । अब राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रसँग सार्वजनिक–निजी साझेदारी अन्तर्गत औपचारिक सहकार्य आवश्यक रहेको माग गरिएको छ ।
नेपाल औषधि व्यवसायी जिल्ला शाखा काठमाडौंका अध्यक्ष शंकर महर्जन र महासचिव शुभमान श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा क्षयरोगको लक्षण भएका व्यक्तिको प्रारम्भिक पहिचान, जनचेतना अभिवृद्धि, उपचार निरन्तरता सुनिश्चित र औषधिको विवेकपूर्ण प्रयोगमार्फत क्षयरोग नियन्त्रणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३
युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान
शुक्रबार, जेठ २९, २०८३

