
सन्देश श्रेष्ठ/ जनस्वास्थ्य सरोकार, काठमाडौं । भानुभक्त ढकाल स्वास्थ्य तथा जनसंख्या मन्त्री भएको दुई महिना अर्थात् १० माघ २०७६ पछि देश कोरोना संकटका बाबजुत अघि बढिरहेको छ ।
ढकालका लागि कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारी भुमिका निर्वाह गर्न सकेको भए यो अवसर पनि थियो । तर, जसरी मन्त्री ढकालले कार्ययोजना अघि सार्नुपथ्र्यो त्यसो हुन सकेन ।
संक्रमण बढ्दै जाँदा कोरोना रोकथाम र नियन्त्रणमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकेको भन्दै तिव्र आलोचना सुरु भएको छ । यहि अवधिमा स्वास्थ्य सामाग्रि खरिदमा अनियमिततादेखि पैंसा तिरेर कोरोना परीक्षण गर्नेसम्मका विवादास्पद विषयहरु सार्वजनिक भए । ढकाल नियुक्त भएको एक वर्ष १२ दिन पुग्यो । तर, मन्त्री ढकालले आम नागरिकले अपेक्षा गरे अनुसार काम गर्न नसकेको स्वास्थ्य सम्वन्धि जानकारहरु बताउँछन् ।
मन्त्री ढकालले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म पनि कोरोना रोकथाम र व्यवस्थापनका सन्दर्भमा दीर्घकालीन ठोस योजना नबनाएको पाइएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गए पनि मन्त्रालयले निर्देशिकाबाहेक दीर्घकालीन योजना बनाउन सकेको छैन । मन्त्री ढकालले जसरी काम गर्नुपथ्र्यो त्यसमा चुकेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत् इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.बाबुराम मरासीनिले स्वास्थ्य मन्त्रीले कोरोना रोकथाममा मन्त्रीको काम नीति निर्माणमा सघाउ पुर्याउने मात्रै रहेको बताउनुभयो । ‘मन्त्री ज्यू आफै अग्रसर किन हुनुभएको होला ? डे टु डे काममा पनि । उहाँको काम त नीति निर्माणमा सहजीकरण गर्ने हो ।’ उहाँले भन्नुभयो-‘कोरोना रोकथाममा स्वास्थ्य सेवा विभागलाई कृयाशिल गराउनुपथ्र्यो । सबै कुराको जिम्मेवारी लिन खोज्दा स्वास्थ्य मन्त्रालय बार्गेनीङ गर्ने थलो बन्यो । मन्त्रालयसंग सबैजनाको बार्गेनीङ हुन्छ विभाग भएको भए वार्गेनिङ हुदैंनथ्यो । सबैको जिम्मा आफै लिँदा मन्त्रालयसंग स्वास्थ्यकर्मीहरुले बार्गेनिङ गर्छन्, अनि राम्रो वातावरण हुँदैन । मन्त्रालयसंग मान्छे डराउँदैनन् ।’
नियुक्ती भएको दुई दिनपछि स्वास्थ्य पत्रकारहरुसंगको भेटघाटमा मन्त्री ढकालले भन्नुभएको थियो-‘पैंसा नभई उपचार नपाएर कोहि मर्नु पर्दैन । ’ उहाँको यो बोली बोलीमै सिमित हुन पुग्यो । अहिलेपनि बेड नपाएर विरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था विकराल छ । सुत्केरीहरुले समयमा एम्वुलेन्स नपाउँदा बाटोमै मृत्युवरण गर्नुपर्ने अवस्था छ । निजि अस्पतालहरुको नियमन हुन नसक्दा शुल्कमा मनोमानी बढेको छ । स्वास्थ्य मन्त्रालयलाई अनुगमन गरेको रेकर्डको फाईल भेटाउनै हम्मे हम्मे पर्छ ।
क्वारेन्टाईन, आइसोलेसनहरु भद्रगोल छन् । पर्याप्त स्वास्थ्य पूर्वाधारको अभाव कायमै छ । दिनरात नभनि कोरोना रोकथाममा खटिएका केहि स्वास्थ्यकर्मीहरु जोखिम भत्ता विना काम गर्न विवश छन् । उनीहरुको मनोवल बढाउन स्वास्थ्य मन्त्री तयार छैनन् ।
अहिलेपनि स्वास्थ्यकर्मीहरु तलवको माग गर्दै आन्दोलनमा उत्रीएका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्किले स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार जिम्मेवार नभएको बताउनुभयो । कोरोना व्यवस्थापन लगायत स्वास्थ्यमा गरिएका कामबारे पत्रकारले प्रतिक्रिया लिन खोज्दा उनले दिएको ‘घरमा पाहुना आएको’ भन्ने जवाफ निकै विवादित बन्यो ।
स्वास्थ्य मन्त्री हुँदा गरेका बाचा ?
स्वास्थ्य मन्त्री ढकालले स्वास्थ्य क्षेत्रको विकृति निर्मुल गर्ने बाचा गर्नुभएको थियो । त्यति मात्रै होईन कोहि विरामी पैंसा नभएर ज्यान गुमाउनु नपर्ने सम्म भन्न भ्याउनुभयो । मन्त्री ढकालले सरकारी अस्पतालको नेतृत्व तहमा कार्यरत चिकित्सकहरु निजिमा काम गर्न नहुने निर्णय गर्नुभयो । उहाँले स्वास्थ्य सेवा सुदृढ गर्न तल्लीन रहने र कसैसंग सम्झौता नगर्ने बताउनुभएको थियो । ‘एक अस्पताल एक चिकित्सक’ अवधारणालाई कार्यान्वयन गरिने उहाँको भनाई थियो । तर, यीमध्ये अधिकांश वाचाहरु कागजमै अलपत्र परेका छन् ।
भएका केहि राम्रा काम…
स्वास्थ्य मन्त्री ढकालले एक स्वास्थ्य संस्था, एक चिकित्सकको प्रस्ताव अघि बढाउनुभएको छ । महामारीको समयमा खोप तथा औषधिको खरिदका लागि मंसिर ३ गते औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरिएको छ ।
सरकारले यहि वर्ष जनस्वास्थ्य नियमावली, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली जारी गरेको छ । देशभरका तीन सय ९६ वटा आधारभुत अस्पतालहरुको शिलन्यास गरीएको छ । डा.मरासीनिले भन्नुभयो,–‘भवन निर्माण गरेर मात्रै हुँदैन । पर्याप्त भौतिक पूर्वाधार र दक्ष जनशक्ती पनि आवश्यक पर्छ । ’
सरकारले आर्थिक २०७७/७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा विभाग खारेज गरी राष्ट्रिय रोग नियन्त्रण केन्द्र स्थापना गरिने भनिएको छ ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
