
एन्टिवडी शरीरको विभिन्न प्रकारका रोगसँग लड्ने डिफेन्स मेकानिजम हो । पोजेटिभ देखिनेहरुमा कुनैपनि बेला प्रत्यक्ष अप्रत्यक्ष कोभिड पोजेटिभ भएको हुनसक्छ ।
कतिपय पिसिआर पोजेटिभ आएका व्यक्तिहरुमा पनि एन्टिबडी विकास भएको पाइएको छैन । कसैकसैको उच्च पनि देखिएको छ ।
एन्टिवडी टेष्ट किन गर्ने ?
प्लाज्मा डोनर र आफ्नो शरीरमा कोभिड रोग प्रतिरोधात्मक क्षमता विकास भएनभएको जानकारी पाउन एन्टिबडी टेष्ट गरिन्छ । यसलाई डायग्नोष्टिक टेष्ट भनेर त भन्न मिल्दैन । तर यसले एक प्रकारको डायग्नोसिसमा सहयोग गर्छ ।
विशेषत प्लाज्मा डोनरहरुको निम्ती हामीले एन्टिवडी टेष्ट केन्द्रित गरेका छौं । विश्व स्वास्थ्य संगठनको अध्ययनले कोभिड पोजेटिभ भएर निको भएका व्यक्तिहरुको प्लाज्मा प्रयोग गर्दा चाँडै रिकभरीमा सहयोग गर्ने देखाएको थियो । तर हालैको अध्ययनले निको भएका व्यक्तिहरुको प्लाज्मामा भएको एन्टिबडीको मात्राको आधारमा उपचार प्रभावकारी हुने देखाएको छ ।
विश्व स्वास्थ्य संगठन र युएस एफडिएका अनुसार, सेरोलोजी एसेबाट प्लाज्ममा एन्टिबडीको मात्रा १२ भन्दा बढी भएमा धेरै प्रभावकारी हुने बताएको छ । प्लाज्मा डोनर तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले यो कुरा बुझ्न जरुरी छ ।
कोभिड पोजेटिभ भएर निको भएका व्यक्तिहरुमा मात्र एन्टिबडी टेष्ट गर्ने भनेर सिमित गरिएको छैन । लक्षण नभएका कोभिड टेष्ट नगराएका व्यक्तिहरुमा पनि यो टेष्ट गर्न सकिन्छ । त्यसले गर्दा विगतमा लक्षण नभएका व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण भएनभएको थाहा पाउन सकिन्छ ।
निरामयाः डायग्नोष्टिक प्रा.लि.मा हामीले अमेरिकाको एबोट कम्पनिको उपकरणबाट सिएमआई विधिबाट एन्टिबडी टेष्ट गरिरहेका छौं । यो युएस एफडिए मान्यता प्राप्त विधि हो ।
(डा.रेग्मी मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र निरामयाः डायग्नोष्टिक प्रा.लि.मा कार्यरत हुनुहुन्छ ।)
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
