जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंमा सबैभन्दा धेरै वायु प्रदुषण भएको भन्दै चिकित्सकहरुले सचेत र सजग रहन आग्रह गरेका छन् । चिसो मौसममा प्रदुषण बढ्ने भएकाले यो बेला सकभर बाहिर ननिस्कीन चिकित्सकको सुझाव छ ।
फोक्सो तथा क्रीटीकल केयर विशेषज्ञ डा.रक्षा पाण्डेले प्रदुषणले दिर्घरोगहरु निम्त्याउने जोखिम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदुषणले दीर्घ रोगहरु मुटुको रोग, दमको रोग बढाउँछ । यस्तै, गर्भवति महीलालाई समेत असर गर्छ ।’ उहाँले प्रदुषण रोक्नका लागि सरकारले बनाएका नियमहरुलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
सास फेरेको कारण मृत्युवरण गर्नुपर्ने अवस्था आएको भन्दै सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । वायुप्रदूषणले विश्वमा कोभिड संक्रमितको मृत्युदर ३ प्रतिशतले बढाउने सहयोग गरेको अध्ययनहरुले देखाएको छ । वायुप्रदूषणले सिधै श्वासप्रश्वास प्रक्रियामा असर गर्ने भएकाले स्वास्थ्य गम्भीर समस्या निम्त्याउन सक्ने चिकित्सकहरु बताउँछन् । काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मै प्रदुषित भएको पाइएको छ । मगंलवारको वायु अहिलसम्मकै दुषित भएको वन तथा बातावरण मन्त्रालयले जनाएको छ । काठमाडौंमा बढ्दो सहरीकरण, पेट्रोल–डिजेलबाट चल्ने सवारी साधनले फाल्ने धुँवा, विकास निर्माणको क्रममा उड्ने धुलो र आगलागीले प्रदूषण बढाएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


