नेपाल हेल्थ न्युज, काठमाडौं। चिकित्सा शिक्षा आयोगमा तीन जना चिकित्सक निर्देशक पदमा नियुक्त हनुभएको छ । आयोगको रिक्त निर्देशक पदमा प्रा.डा. सन्ध्या चापागाईं, प्रा.डा. सङ्गरत्न बज्राचार्य र प्रा.डा. दीपेन्द्र श्रेष्ठ नियुक्त हुनुभएको हो ।
क्यान्सर रोग विशेषज्ञ प्रा.डा. चापागाईंलाई परीक्षा निर्देशनालयको निर्देशक नियुक्त गरिएको छ। फार्माकोलोजी विज्ञ प्रा.डा.बज्राचार्यलाई नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशक बनाइएको छ। यसअघि पनि उहाँ आयोगको निर्देशक भइसक्नुभएको थियो ।
यसैगरी नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रेष्ठलाई मापदण्ड तथा प्रत्यायन निर्देशनालयको निर्देशक नियुक्त गरिएको छ।
आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयको निर्देशक पदमा भने नियुक्ति हुन बाँकी छ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


