नेभिगेशन
सम्बन्धित जिल्ला पशु सेवा कार्यालय, नगरपालिका तथा गाउँपालिकाका पशुसेवा शाखा र अन्य सरकारी पशु स्वास्थ्य निकायसँग समन्वय 

बाढी प्रभावित पशुपन्छीका लागि निःशुल्क औषधि उपलब्ध गराउने कान्तिपुर भेट डिस्ट्रीब्युटर्सको घोषणा

'सम्बन्धित सरकारी पशुसेवा निकाय तथा आधिकारिक संघसंस्थाको समन्वय र सिफारिसमा औषधि वितरण गर्दछौं'-ऋषी बडाल सञ्चालक

नेपाल हेल्थ न्युज, काठमाडौं  । रसुवा, नुवाकोटलगायतका जिल्लामा भोटेकोशी (त्रिशूली) नदीमा आएको बाढीबाट प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रालिले आवश्यक प्राथमिक उपचारका औषधि निःशुल्क उपलब्ध गराउने भएको छ।

कम्पनीले २०८३ भदौ १० गते जारी गरेको सूचनामार्फत बाढीका कारण प्रभावित क्षेत्रमा मानिससँगै पशुपन्छीमा समेत स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुनसक्ने भन्दै आवश्यक औषधि उपलब्ध गराउने जनाएको हो।

कम्पनीका अनुसार सम्बन्धित जिल्ला पशु सेवा कार्यालय, नगरपालिका तथा गाउँपालिकाका पशुसेवा शाखा र अन्य सरकारी पशु स्वास्थ्य निकायसँग समन्वय गरी बाढी प्रभावित पशुपन्छीका लागि आवश्यक प्राथमिक उपचारका औषधि उपलब्ध गराइनेछ।

निःशुल्क औषधि वास्तविक रूपमा बाढी प्रभावित पशुपन्छीको उपचारमा प्रयोग हुने गरी सम्बन्धित सरकारी पशुसेवा निकाय तथा आधिकारिक संघसंस्थाको समन्वय र सिफारिसमा वितरण गरिने कम्पनीले जनाएको छ।rishi-badal-1787735553.jpg

बाढीबाट प्रभावित पशुपन्छीको जीवन तथा स्वास्थ्य संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले मानवीय पहलस्वरूप औषधि उपलब्ध गराउने निर्णय गरिएको कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा.लि.का सञ्चालक ऋषी बडालले नेपाल हेल्थ न्युजलाई बताउनुभयो ।

कम्पनीले पशु स्वास्थ्यसँग सम्बन्धित सरकारी निकाय तथा सरोकारवालालाई आवश्यक समन्वय र सहयोगका लागि आग्रहसमेत गरेको छ।

कान्तिपुर भेट डिस्ट्रीब्युटर्सले मुलुकमा गुणस्तरीय भेटेरिनरी औषधि, फिड सप्लिमेन्ट, भ्याक्सिन, सर्जिकल उपकरण तथा अन्य सामग्री आपूर्ति र वितरण गर्दै आएको छ।kantipur-vet-1787735588.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष