
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तगर्तका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरीएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रीपाठीले मन्त्रीस्तरीय निर्णय गरी पाँच जना निर्देशकहरुको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।
कान्ति बाल अस्पतालको निर्देशक डा. कृष्ण पौडेललाई इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको छ भने कान्तिको निर्देशकको जिम्मेवारी डा.आरपी बिच्छालाई दिइएको छ ।
यसैगरी ईडिसीडीका निर्देशक डा.बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ भने स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा डा. मदन उपाध्यायलाई पठाइएको छ । डा. रमेश खरेललाई विभाग अन्तर्गत् रहने गरी जिम्मेवारी तोकिएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


