जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोनाभाइरसका ४८८ जना सङ्क्रमित थपिएका छन् ।
हालसम्म देशभर कोरोना संक्रमित हुनेको संख्या दुईलाख ६५ हजार २६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल चार हजार ३७३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
पछिल्लो चौबीस घण्टामा ५२७ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् ।
हालसम्म दुई लाख ५८ हजार ९६८ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयले हालसम्म १९ लाख ८७ हजार ५५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ ।
पछिल्लो चौबीस घण्टामा दश जना सङ्क्रमितको मृत्यु भएको छ ।
उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९२७ पुगेको छ ।
हाल २३७ जना क्वारेन्टिनमा र चार हजार ३७३ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


