
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न भन्दै दाताहरु गुहारेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै निकालेर कोरोना खोप कोषमा रकम जम्मा गर्न दाताहरुलाई आह्वान गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संघ संस्थाहरुलाई कोरोना खोप कोषमा रकम जम्मा गरिदिन आग्रह गरेको छ ।
खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरुलाई निःशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको भन्दै मन्त्रालयले दातृ निकाय र परोपकारी संस्थाहरुलाई गुहारेको मन्त्रालयको भनाई छ ।
टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खाता नम्बर १७००१००१०२०६०००० मा रकम संकलन गर्न सकिने बताइएको छ ।
कोषको आयव्यय नेपाल सरकारले अवलम्बन गरेको लेखा प्रणाली बमोजिम राखिने छ । साथै सोको लेखा परीक्षण प्रचलित कानुन बमोजिम गरिने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


