जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप ४४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
आज ४ हजार १५४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६६ हजार १४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ३७ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ४ सय १४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


