
जनस्वास्थ्य सरोकार । एक पटक कोरोनाभाइरसबाट सङ्क्रमित भएको व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म सङ्क्रमण हुनबाट बच्ने एक अध्ययनले देखाएको छ ।
कहिल्यै कोरोना सङ्क्रमण नभएका व्यक्तिको दाँजोमा एक पटक सङ्क्रमित भएका व्यक्तिलाई ८३ प्रतिशतले कम हुने पब्लिक हेल्थ इङ्गल्यान्डले गरेको एक अध्ययनमा खुलेको छ ।
तर विज्ञहरूले कोरोनाभाइरसको सङ्क्रमण दोहर्याएर हुनसक्ने र अरूलाई सार्न सक्ने सम्भावना रहेको बताएका छन्।
नयाँ अध्ययनको नेतृत्व गरेकी प्राध्यापक सुसन हप्किन्सले अध्ययनको नतिजाले निको भएका सङ्क्रमितहरू यसअघि सोचिए भन्दा लामो समय बच्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो -'यसको अर्थ उनीहरुलाई दोहर्याएर संक्रमण हुनै नसक्ने भन्न खोजिएको होइन । त्यसकारण सुरक्षाका उपायहरू अपनाउनु पर्छ ।'
उहाँले पुनः सङ्क्रमित भएका केहीमा लक्षण नदेखिए पनि भाइरसको मात्रा ज्यादै धेरै भएको र अरूलाई सार्न सक्ने देखिनु चिन्ताको विषय भएको बताउनुभयो ।
सन् २०२० को जूनदेखि नोभेम्बरसम्म यूकेका झन्डै २१,००० स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस सङ्क्रमण भएको हेर्न गरिएको नियमित परीक्षणको नतिजामा यो अध्ययन आधारित छ।
तीमध्ये पहिले सङ्क्रमण नभएका व्यक्तिहरूमध्ये ३१८ जनालाई सङ्क्रमण भएको र सङ्क्रमित भएर निको भएका ६,६१४ जनामध्ये ४४ जनालाई मात्रै फेरि सङ्क्रमण भएको थियो।
वैज्ञानिकहरूले ती स्वास्थ्यकर्मीहरूको स्वास्थ्य अवस्थाको एक वर्षसम्म अध्ययन गर्नेछन्।
उनीहरूले भाइरसको नयाँ प्रकार र खोपको प्रभावकारिताको पनि अध्ययन गर्नेछन्।
लेस्टर विश्वविद्यालयकी भाइरस विज्ञ डा. जुलियन टाङ्ले यो नतिजा स्वास्थ्यकर्मीहरूका लागि सकारात्मक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो -'कोरोनाभाइरस सङ्क्रमण भइसकेका व्यक्तिले खोप लिन हुन्छ र यसले प्राकृतिक रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।' बीबीसी
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


