जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमण देखिन थालेपछि गत चैतदेखि बन्द रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालको मिर्गौला प्रत्यारोपण सेवा ९ महिनापछि पुन: सञ्चालनमा आएको छ ।
बुधबार एक युवतीमा मिर्गौला प्रत्यारोपण गरी सेवा पुनः सुरु गरिएको चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन एवं शिक्षण अस्पतालका नेफ्रोलोजी विभागकी प्रमुख डा. दिव्यासिंह शाहले जानकारी दिनुभयो ।
अब अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा नियमित हुने डा. शाहको भनाई छ । ती युवतीलाई उनकी आमाले मिर्गौला दिएको बताइएको छ।
मिर्गौला लिने र दिने दुवै जनालाई मिर्गौला प्रत्यारोपणको तयारी गर्नुअघि र प्रत्यारोपण गर्नुअघि दुई पटक पिसिआर परीक्षण गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


