
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरसविरुद्ध खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
औषधि व्यवस्था विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड १९ खोपको आपतकालीन प्रयोग अनुमति गरीएको सम्वन्धमा विभागीय निर्णय अनुसार उत्पादक सेरम इन्स्टिच्युट अफ इण्डीयाको कोभिशिल्ड खोप आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गरिएको जानकारी गराउछौं ।’
‘कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


