
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो केहि दिन यता देशभर कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । गत आइतबार देखि आज (सोमबार) सम्मलाई आधारमान्दा दैनिक संक्रमितको संख्या पाँच सय नाघेको छैन । केहिसमय अघि सम्म नेपालमा एकैदिन पाँच हजार सम्म संक्रमित पुग्ने गर्थे । यस्तै वितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा १६३ सहित थप ३ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
यही अवधीमा थप ३ सय ७४ जना निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ३०६ जनाको पीसीआर परीक्षणका गरिएको थियो । नेपालमा हालसम्म कुल २० लाख १६ हजार ७५८ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ । क्वारेनटिनमा २२१ जना रहेका छन् ।
यसैगरी कोरोना संक्रमणबाट पछिल्लो चौबिस घण्टामा थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६५ पुगेको छ ।
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया
आइतबार, असार २८, २०८३
उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
आइतबार, असार २८, २०८३
कङ्गोमा इबोला प्रकोप: मृत्यु हुनेको संख्या ६४८ पुग्यो, १,८३० संक्रमित
आइतबार, असार २८, २०८३
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
आइतबार, असार २८, २०८३
