नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहानसम्म विभिन्न जिल्लाबाट ४७५ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा २७ र चितवनमा १७९ जनाको शव फेला परेको छ। यस्तै, गोरखामा ४४, तनहुँमा २८ र नवलपरासी पूर्वमा ११० जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायबाट ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्का बेला स्वास्थ्यकर्मीलाई बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
बिहीबार, भदौ ११, २०८३
राजधानीका तीन अस्पतालमा ५५ घाइतेको उपचार हुँदै, शिक्षण अस्पतालमा एकको मृत्यु
बिहीबार, भदौ ११, २०८३
विपद् स्वास्थ्य प्रतिकार्यका लागि मन्त्रालयद्वारा फोकल पर्सन तोकिए
बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार दिने ह्याम्स अस्पतालको घोषणा
बिहीबार, भदौ ११, २०८३ट्रेन्डिङ
