नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीमा परी घाइते भएका ३५ जनामध्ये २२ जना उपचारपछि राष्ट्रिय ट्रमा सेन्टरबाट डिस्चार्ज भएका छन् ।
राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार शुक्रबार बिहानसम्म ९ जना घाइते अस्पतालमा उपचाररत छन् । उपचाररतमध्ये एक जना सघन उपचार कक्ष (आईसीयू) र दुई जना हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) मा उपचार भइरहेको छ ।
एक जना बिरामीलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको निरौलाले जानकारी दिनुभयो । बाढीमा परी घाइते भएकाहरूलाई रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लाबाट उपचारका लागि ट्रमा सेन्टर ल्याइएको थियो । उपचाररत घाइतेहरूको उमेर ६ वर्षदेखि ६० वर्षसम्म रहेको अस्पतालले जनाएको छ ।
निरौलाका अनुसार उपचाररत बिरामीहरूमा टाउको, हातखुट्टा, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूमध्ये केहीको अवस्था सामान्य रहेको छ भने केहीको अवस्था स्थिर रहेको छ ।
बाढीपछि अस्पतालमा ल्याइएका घाइतेहरूको उपचारसँगै आवश्यक व्यवस्थापन भइरहेको अस्पतालले जनाएको छ । घाइते तथा बिरामीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै अस्पतालले अस्पताल परिसरमा अनावश्यक भीड नगर्न आग्रह गरेको छ । साथै, घाइते तथा बिरामीको अनुमति र अस्पतालसँगको समन्वयबिना अन्तर्वार्ता तथा भिडियो फुटेज नलिन पनि ट्रमा सेन्टरले आग्रह गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ३ निर्णय
शुक्रबार, भदौ १२, २०८३
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औं कलेजो प्रत्यारोपण
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४७५ पुग्यो
शुक्रबार, भदौ १२, २०८३
विपद्का बेला स्वास्थ्यकर्मीलाई बिदा नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन
शुक्रबार, भदौ १२, २०८३
