जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १ सय १२ सहित देशभर थप ३ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । यही अवधीमा देशभरबाट थप ४ सय ८० जना निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ ।
हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ । क्वारेनटिनमा १७२ जना रहेका छन् ।त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा १५४ र भेन्टीलेटरमा ३१ जना उपचाररत छन् ।
पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९८६ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


