जनस्वास्थ्य सरोकार, काठमाडौं । माघ यता दैनिक रुपमा कोरोना भाइरस संक्रमितको संख्या पाँच सय नाघेको छैन । देशभर आइतवार दुइ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या दुइ लाख ६९ हजार चार सय ५० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सकृय संक्रमितको संख्या तीन हजार तीन सय १२ जना रहेको छ ।
आइतवार देशभर चार हजार चार सय १३ जनाको पिसिआर परीक्षण गरीएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ४३ हजार दुइ सय ५५ पुगेको छ । आइतबार थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या दुइ हजार एक पुगेको छ ।
आइतवार थप चार सय तीन जना उपचारपछि डिस्चार्ज भएका छन् । यस्तै, देशभर एक सय ३९ जना आइसियु र २३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


