जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा आज थप ३३९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४८५८ जनाको गरिएको पीसीआर परीक्षणमा ३३९ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ४०१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६४ हजार ५ सय ३८ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव १ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०११ रहेको छ ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा १५४ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा १३३, भक्तपुरमा ८ र ललितपुरमा १३ जना संक्रमित थपिए ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


