
जनस्वास्थ्य सरोकार,काठमाडौं । कोरोना विरुद्धको खोप भोलीबाट लगाइँदैछ । सरकारले काठमाडौं उपत्यकामा खोप लगाउने खोप केन्द्रहरुको निर्धारण गरेको छ ।
काठमाडौंमा मुख्यतः केन्द्रीय र सरकारी अस्पतालबाट खोप लगाइनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी अस्पतालहरुबाटै खोप लगाइनेछ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट खोप लगाउने तयारी थालिएको छ ।
यस्तै, भक्तपुर अस्पताल, शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौं मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहिद गंगालाल अस्पतालबाट खोप लगाइने छ ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


