जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम विरुद्ध पहिलो दिन नौ हजार ८४ जनाले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश एकमा १ हजार २ सय ५५, प्रदेश दुइमा सात सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएका हुन् ।
खोप लगाएका व्यक्तिहरुमा कुनैपनि स्वास्थ्य समस्याहरु देखिएको छैन । भारत सरकारले उपहार स्वरुप उपलब्ध गराएको १० लाख डोज चार लाख ३० हजार जना फ्रन्टलाइनरलाई लगाउने तयारी छ । जिल्ला जिल्लामा खोप केन्द्र मार्फत् खोप लगाउने सुरु गरीएको हो ।
पहिलो दिन बुधबार विहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म खोप कार्यक्रम सञ्चालन गरीएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार खोप कार्यक्रममा फ्रन्टलाइनरहरुको उल्लेखनीय सहभागिता रहेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३


