जनस्वास्थ्य सरोकार, बारा। बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ५ स्थित उचिडी स्वास्थ्य चौकीमा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरबाट ५९७ स्थानीयवासी लाभान्वित भएका छन् ।
नेपाली सेनाको २८ बहिनी र २८ फिए गुल्मी, नेपाल औषधि उत्पादक संघ, प्रदेश नं. २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा र चन्द्रनाथ गणको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो ।
उक्त शिविरमा २७५ महिला, १८३ पुरुष र १३९ बालबालिकाले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा जनरल चिकित्सा, दन्त सेवा, इसिजी, आँखाको उपचार सेवा प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।
शिविरमा हाइपरटेन्सन र दमका रोगी, हाडजोर्नी भएका बिरामीलाई फलोअप परीक्षण र निःशुल्क औषधिसमेत वितरण गरिएको सेनाले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


