जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ जना पुगेको छ । आज २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २०३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २९६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । आज पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ।नेपालमा हालसम्म २० लाख ६० हजार ८६० जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ७९१ जनाको परीक्षण गरिएको छ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३ट्रेन्डिङ


