
जनस्वास्थ्य सरोकार, टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले दश हजार किशोरीलाई आइरन र फोलिक एसिड चक्की खुवाउन सुरु गरेको छ ।
नगरपालिकाले किशोरीमा देखिने रक्तअल्पताको समस्या न्युनिकरणका लागि आइरन चक्की र फोलिक एसिड खुवाउन थालेको हो ।
टीकापुर नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ७४ विद्यालयमा अध्यनरत १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आइरन चक्की र फोलिक एसिड चक्की खुवाउने कार्य शुरु भएको नगरपालिकाका जनस्वास्थ्य प्रवर्धन उपशाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो ।
चक्की खुवाउन विद्यालय तहमा ७४ जना शिक्षक, शिक्षिकालाई तालीम दिएर परिचालन गरिएको छ । समुदायस्तरका किशोरीका लागि १२० महिला स्वास्थ्य स्वयम्सेविकालाई तालीम दिएर परिचालन गरिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


