जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप १५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।
२४ घण्टामा २६४ संक्रमित कोभिडमुक्त भएका छन् भने नेपालमा हालसम्म २ लाख ६६ हजार ६ सय जना संक्रमणमुक्त भएका छन् । नेपालमा सोमबार कोभिडका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोभिडका कारण २ हजार २९ जनाको मृत्यु भइसकेको छ । हाल २४ सय ८९ जना आइसोलेसनमा छन् भने ९७ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २० लाख ७५ हजार १५२ वटा पीसीआर परीक्षण गरिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


