
जनस्वास्थ्य सरोकार, काठमाडौँ । धरानमा ५० शैय्याको प्रादेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा मध्ये दुई बिघा क्षेत्रफलमा सो अस्पताल निर्माण हुन लागेको हो ।
अस्पतालको शिलन्यास संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री भानुभक्त ढकालले गर्नुभयो ।
प्रदेश १ का जनतालाई सरुवा रोगको विशिष्टकृत उपचार सेवा प्रदान गर्ने उदेश्यले सरुवा रोग अस्पताल निर्माण गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।
कोरोना महामारीपछि सङ्घीय सरकारले नीतिगत रुपमा प्रत्यक प्रदेशमा ५० शैय्याको सरुवा रोग अस्पताल बनाउने निर्णय गरेको थियो ।
अस्पताल बनाउन सङ्घीय सरकारले बजेट उपलब्ध गराउनेछ भने प्रदेश सरकारले निर्माण गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


